१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

२०८४ को परिणाम माओवादीको पक्षमा आउने प्रचण्डको दाबी



काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको पक्षमा देशव्यापी जनलहर स्थापित गर्न आवश्यक भएको बताउनुभएको छ ।

सत्तारुढ दलहरूको चर्को आलोचना गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले अहिले माओवादीको पक्षमा जनलहर देखिँदै गएको र त्यसलाई अझ फराकिलो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

पार्टीका नेता कार्यकर्ताको सक्रियता, जनतामा समर्पित कार्यशैली र घुलमिलले पार्टीको छवि झन् उच्च हुने बताउँदै माओवादी अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।

जनताको बीचमा जान अब नयाँ खालको प्रतिस्पर्धा आवश्यक भएको बताउँदै माओवादी अध्यक्ष प्रचण्डले पार्टीको संगठनात्मक सुदृढीकरणका लागि युवाहरूले अब नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार ००:००  ७ : ५८ बजे