७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

राष्ट्रिय सभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन



काठमाडौँ-राजनीतिक दलले बिहिबारको बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरूलाई निर्देशन दिएका छन् । अध्यादेशहरू निर्णयार्थ पेश गर्ने तयारीका बीच दलहरूले राष्ट्रिय सभा सांसदलाई अनिवार्य उपस्थित हुन भनेका हुन् ।

राष्ट्रिय सभामा प्रतिपक्ष र सत्तापक्षतिर उस्ता उस्तै मत छ । यस्तो अवस्थामा अध्यादेश अस्वीकृत हुने अवस्था आउन नदिन दलहरुले आफ्ना सांसदलाई अनिवार्य उपस्थिति जनाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकले आफ्ना सांसदहरूलाई काठमाडौँ बाहिर नजान समेत निर्देशन दिएका छन् । काठमाडौँ बाहिर भएका सांसदलाई समेत बुधबार बेलुकासम्म आइपुग्न भनिएको छ ।

राष्ट्रिय सभामा ५९ सदस्य छन् । तीमध्ये नेपाली कांग्रेसका १६, नेकपा एमालेका १० र लोकतान्त्रिक समाजवादी पार्टीका एक गरी सत्तापक्षतर्फ २७ जना सांसद छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार ००:००  ८ : ५७ बजे