काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले पहल गर्ने बताउनु भएको छ ।
झापा र इलामका चिया उत्पादक संघका प्रतिनिधिले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले चिया समस्या समाधानका लागि अग्रसरता लिने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले औपचारिक र अनौपचारिक दुवै संयन्त्रका माध्यमबाट समस्याको समाधान गर्ने बताउँदै नेपाली चियाको बजारीकरण र विस्तारमा ध्यान दिन उद्योगीहरूलाई आग्रह गर्नुभयो ।