बिर्तामोड-नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार विरुद्ध भइरहेको घेराबन्दी नटिक्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको सत्ताइसौँ स्थापना दिवसको अवसरमा मंगलबार झापाको दोमुखामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता राईले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
पूर्व मुख्यमन्त्री समेत रहनुभएका राईले एमाले नेतृत्वको सरकार विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा घेराबन्दी भइरहेको बताउनुभयो ।
देश विकासलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वका लागि सरकार अघि बढेको बताउँदै एमाले नेता राईले कसैले चाहँदैमा वर्तमान सरकार नढल्ने बताउनुभयो ।















