पाँचथर-पाथिभरामा केवलकार निर्माणको विरोधमा उत्रिएको समूहले मेची राजमार्गमा अवरुद्ध गरिरहेको छ । नाे केबलकार समूहको अग्रसरतामा मेची राजमार्गमा अवरोध कायम गरिएको हो ।
समूहले मेची राजमार्ग अन्तर्गत पाँचथरको जोरपखरी गोपेटार सडक खण्डमा रुख ढालेर अवरोध गरेको छ । सडकमा मङ्गलबार राति रूख ढालिएको हो ।
सडक अवरुद्ध हुँदा उपचारका लागि ल्याइएका बिरामी बाटैमा अलपत्र परेका छन् । सुत्केरी व्यथाले च्यापेका बिरामीलाई समेत उपचारका लागि लैजान नसकिएको एम्बुलेन्स चालक नुपु शेर्पाले बताए ।
सडकमा चारवटा रूख ढालेर बाटो अवरुद्ध गरिएको छ । सुत्केरी व्यथाले च्यापेर लिहाङ २ सिङ्गापुरदेखि सदरमुकाम फिदिम ल्याउँदै गरेकी १८ वर्षीय कल्पना जोगीलाई गोपेटार फर्काइएको छ ।