६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

सामाजिक सञ्जाल प्लेट फर्म दर्ता गर्न सरकारको ताकेता : तीनवटा मात्रै वैधानिक



झापा-सामाजिक सञ्जालको दुरुपयोग बढेपछि यसको नियमनका लागि सरकारले सूचीकरणको व्यवस्था गरेको छ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्ने व्यवस्था लागू गरेको हो ।

सरकारले गत वर्ष भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकमार्फत मुलुकभित्र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालका निम्ति दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो ।

सरकारको निर्णयपछि नेपालमा हालसम्म तीनवटा सामाजिक सञ्जाल प्लेटफर्म दर्ता भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भाइवर, विटक र टिकटक दर्ता भएका छन् ।

अरु सामाजिक सञ्जाल प्लेटफर्मले दर्ताका लागि अटेरी गरिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गरी सामाजिक सञ्जाल प्लेट फर्मलाई तुरुन्त दर्ता गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जाल नियमनका लागि दर्ता गर्न मन्त्रालयले ताकेता गरेको प्रवक्ता ठाकुरले बताउनुभयो ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार ००:००  ८ : ३४ बजे