बिर्तामोड-शब्दपत्र डट कमका सम्पादक उद्धव पुरी पुरस्कृत हुनुभएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घले अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको समापनका अवसरमा पुरीलाई पुरस्कृत गरेको हो ।
पत्रकार पुरीलाई नगद ११ हजारसहित पुरस्कृत गरिएको संघले जनाएको छ । पुरी डेढ दशक अघिदेखि झापाको पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
महोत्सव समापनका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले पत्रकार पुरीलाई नगदसहित प्रशंसापत्र प्रदान गर्नुभएको छ ।