झापा-भद्रपुर झापा गोल्डकपका भाग्यशाली दर्शकले टीभीएस मोटरसाइकल उपहार पाउने भएका छन् । टिकट काटेर गोल्डकप हेर्न आएका दर्शकले मोटरसाइकल पाउने भएका हुन् ।
भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले एकजना दर्शकले टिकटका आधारमा लकी ड्र मार्फत मोटरसाइकल पाउने बताउनुभयो ।
दर्शकलाई उपहार दिनका लागि जगदम्बा मोटर्सले मोटरसाइकल उपलब्ध गराएको हो । झापा भद्रपुर गोल्डकप दोस्रो संस्करण फागुन ७ देखि १६ गतेसम्म आयोजना हुँदैछ ।
बिर्तामोडको महेन्द्र रत्न स्टोर्सले टिकट लिएर आएका दर्शकलाई हिम स्टार एलइडी टेलिभिजन प्रदान गर्नेछ ।
भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा विभागीयसहित नेपालका ६ वटा ए डिभिजन क्लब, भुटान र बंगलादेशका एक एक टिम, झापा ११ र आयोजक भद्रपुर ब्लेजर्सको सहभागिता रहनेछ ।