मोरङ-सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका कानुन चाँडै निर्माण हुने बताउनुभएको छ । विराटनगरमा शनिबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले आवश्यक कानुन छिट्टै बनाइने बताउनुभएको हो ।
प्रदेश सरकारले माग गरेका कानुनहरू छिट्टै निर्माण गर्ने तयारी भइरहेको सभामुख घिमिरेले जानकारी दिनुभयो । प्रदेशका लागि चाहिने कानुन निर्माणका लागि सरकारसँग आफूले नियमित समन्वय गरिरहेको उहाँले बताउनुभयो ।
सरकारले ल्याएका अध्यादेशको विपक्षमा वा विरोध गर्नुको औचित्य नहुने बताउँदै सभामुख घिमिरेले संसदमा पेश भएका अध्यादेशमाथि छलफल गरी निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेका अनुसार संसदीय समितिमा अहिले १४ वटा विधेयक छलफलका क्रममा छन् । विधेयकहरू लामो समयसम्म पारित नहुँदा संसद्को आलोचना हुँदै आएको छ ।