१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

निजगढमा विमानस्थल अनिवार्य : अध्यक्ष नेपाल



रौतहट-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य आवश्यकता भएको बताउनुभएको छ ।

रौतहटको गौरमा शनिबार नेपाल भारत मैत्री संवाद कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले फास्ट ट्र्याकको निर्माणसँगै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल चाहिने बताउनुभयो ।

अध्यक्ष नेपालले नेपाल भारत सीमा समस्या समाधानका लागि स्तरीय पहल गर्नुपर्ने मा पनि जोड दिनुभयो ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार ००:००  ९ : १९ बजे