बिर्तामोड-नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फाेनिज झापाले अग्रज पत्रकार विष्णु सुब्बालाई डिकमान बिरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
शनिबार झापाको बिर्तामोडमा आयोजित सातौँ जिल्ला अधिवेशनका अवसरमा पत्रकार सुब्बालाई २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । पत्रकार सुब्बा राष्ट्रिय समाचार समितिमा आबद्ध हुनुहुन्छ ।
फाेनिजले पत्रकारहरू रविकिरण बान्तवा र सजन राईलाई उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कारको राशि जनही पाँच हजार रुपैयाँ छ ।
फाेनिज झापाकी अध्यक्ष भूमिका सुब्बाको अध्यक्षता र संघीय उपाध्यक्ष कमन देवानकाे प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच उनीहरूलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा रजत वर्ष स्मारिकाको विमोचन पनि गरिएको छ ।














