१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

लिङ्कन मन्टेश्वरीमा निःशुल्क भर्ना



बिर्तामोड-बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड-३ स्थित लिङ्कन मन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान सञ्चालन गरेको छ ।

माघ २१ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिनुभयो ।

माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ ।

सु-संस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको सञ्चालक सरोज पौडेलले बताउनुभयो ।

खेलमैदान, बाल उद्यान, विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ००:००  १ : ५२ बजे