काठमाडौँ-निर्वाचन आयोगले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव गरेको छ । आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै महिला उम्मेदवारको सङ्ख्या सुनिश्चित गर्ने प्रस्ताव अगाडि सारेको हो ।
निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले यस्तो प्रस्ताव गरेको छ । तर, आएको यो प्रस्ताव मन्त्रालयमै अड्किएको लामो समय बितिसकेको छ ।
कानुन मन्त्रालयमा छलफलको चरणमा रहेको यो विधेयक संसदमा पुग्न अझै केही समय लाग्नेछ । विधेयक पारित भएमा अब दलहरूले प्रतिनिधिसभा वा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ नै ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउनु पर्नेछ ।
प्रत्यक्षतर्फ ३३ प्रतिशतको बाध्यकारी व्यवस्था नहुँदा अहिले समानुपातिक निर्वाचन कोटा प्रणालीबाट महिलाहरु संसद्मा आइरहेका छन् । आयोगले यो व्यवस्थामा आवश्यक परिवर्तन गर्न खोजेको हो ।