१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

झापाका ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने



झापा-झापाका ५५ हजार बालबालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने भएको छ । १५ वटा स्थानीय तहका विद्यालय र विद्यालय बाहिर रहेका ५४ सय ९९ जना किशोरीलाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले पहिलो चरणमा खोप अभियान सुरु हुन लागेको बताउँदै अर्को वर्ष सबै स्वास्थ्य चौकीबाट पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने बताउनुभयो। ।

माघ २२ देखि २९ गतेसम्म झापामा सञ्चालन हुने अभियानमा कक्षा ६ देखि १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइनेछ ।

झापामा खोप अभियान सञ्चालनका लागि ७५५ वटा खोप केन्द्र तोकिएका छन् । ७८१ जना स्वास्थ्यकर्मी र १ हजार ५१५ जना स्वयंसेविका परिचालन गर्ने तयारी छ ।

खोप अधिकृत राजकुमार पोखरेलका अनुसार ५५७ खोप केन्द्र विद्यालयलाई तोकिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ००:००  ९ : २५ बजे