२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

झापा कांग्रेसद्वारा ३५ वटा विभागीय समितिका संयोजक चयन



बिर्तामोड-नेपाली कांग्रेस झापाले विभिन्न ३५ वटा विभागीय समितिका संयोजक एवम् सदस्य तोकेको छ । सभापति देउकुमार थेबेले कांग्रेसको विधान धारा १२ को उपधारा ७ (ज) बमोजिम विभागीय संयोजक एवम् सदस्य तोक्नु भएको हो ।

सभापति थेबेले संगठन विभाग आफ्नै नेतृत्वमा राख्नु भएको छ । उपसभापति केशवराज पाण्डेलाई प्रशिक्षण प्रतिष्ठान विभागको संयोजक तोकिएको छ ।

अनुगमन मूल्याङ्कन तथा अभिलेख विभागमा उपसभापति शेरबहादुर भट्टराई संयोजक चयन हुनुभएको छ । शुभेच्छुक संस्था समन्वय विभागको संयोजकमा सचिव कृष्ण हुमागाई चयन हुनु भएको छ ।

सचिव नवीन बिमलीलाई नेविसंघ तथा तरुण विभाग संयोजकको जिम्मेवारी दिइएको छ । कोषाध्यक्ष जलकुमार गुरुङले आर्थिक विभाग संयोजकको जिम्मेवारी पाउनुभएको छ ।

सहसचिव कमलप्रसाद भण्डारीले कृषि तथा भूमिसुधार संयोजक र अर्का सहसचिव कालेन्द्रप्रसाद सिंह राजबंशीले स्थानीय तह समन्वय विभाग संयोजकको जिम्मेवारी पाउनुभएको छ ।

नेपाली कांग्रेसले सूचना सञ्चार तथा प्रचारप्रसार विभागको संयोजकमा रश्मीशेखर सुवेदीलाई जिम्मेवारी दिएको छ । आदिवासी जनजाति विभागको संयोजकमा धर्म लक्सम्वा छानिनुभएको छ ।

युवा तथा खेलकुद विभागको संयोजकमा बिनोद बस्नेतलाई जिम्मेवारी दिइएको छ । दुर्गाप्रसाद सापकोटाले सहकारी विभाग संयोजकको जिम्मेवारी पाउनुभएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार ००:००  ८ : २४ बजे