२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

पाथिभरामा केवलकार : घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने



झापा-ताप्लेजुङको पाथिभरामा केवलकार निर्माणको विरोधमा उत्रिदाँ प्रहरीको गोली लागेर घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको बैठकले घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । बैठकमा गृहमन्त्री र सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

बैठकले वार्ता समिति गठन गर्ने निर्णय पनि गरेको छ । बुधबार संस्कृति पर्यटन तथा संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गर्ने निर्णय भएको छ ।

बैठकमा घटनाको पछिल्लो अवस्थाबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरले ब्रिफिङ गर्नुभएको थियो । बैठकमा एमाले सांसद योगेश भट्टराई र उर्मिला थेवे पनि सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार ००:००  ७ : ५५ बजे