बिर्तामोड-गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख देवराज घिमिरे माघ १६ गते झापा आउनु हुने भएको छ ।
सभामुख घिमिरेले पहिलो दिन दुईवटा सरकारी स्वास्थ्य संस्थालाई सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । बिर्तामोड नगर अस्पताल र खुदनाबारी स्वास्थ्य चौकीले ती सामग्री प्राप्त गर्नेछन् ।
बिहीबार बिर्तामोड नगरपालिकाको हिउँदे नगरसभा र अग्रसेन भवन नजिकै निर्माण गरिएको गायत्री माता मन्दिरको कलश एवम् निशान यात्राको शुभारम्भ कार्यक्रममा समेत सभामुख सहभागी हुनु हुनेछ ।
सभामुख घिमिरेले बुद्धशान्तिको सीता रमेश बहुमुखी क्याम्पसको १३ औँ क्याम्पस सभा र सिंहदेवीमा आयोजित महायज्ञको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।