१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

‘प्रचण्डको पछाडि लाग्दा यता न उताको भएँ, अहिले ओलीको पनि फोन उठ्दैन’



झापा- नेकपा एकता अभियानका नेता बामदेव गौतमले प्रचण्डको पछाडि लाग्दा आफू यता न उताको भएको बताउनु भएको छ। नेता गौतमले प्रचण्ड नेतृत्वको गुटमा आफू फसेको बताउनुभयो ।

खबरहवलाई दिएको अन्तरवार्तामा नेता गौतमले भन्नु भएको छ, ‘म चाहिँ प्रचण्ड नेतृत्वको गुटमा फसे । अहिले म फसे मात्रै भन्छु वास्तवमा मैले त्यसो गर्नु हुने थिएन त्यसबेला प्रचण्डसँग फसे जस्तो लाग्छ ।’

नेता गौतम प्रचण्डको कुरा सुन्ने भएर आफू यता न उताको भएको बताउनु भयो । अहिले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा आ्लीले समेत फोन उठाउन छाडेको नेता गौतमको दुखेसो छ ।

‘मैले फोन गरेको थिएँ । उहाँले उठाउनु भएन । मैले गरेको फोन नउठाएपछि गर्न पनि छाडेँ, नेता गौतमले भन्नुभयो, ‘शनिबारतिर होला अन्तिम पटक गरेको थिएँ, उठाउनु भएन । त्यसअगाडि पनि एक पटक गरेँ ।’

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ००:००  ७ : ०९ बजे