बिर्तामोड-नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले तोकिएको कार्यतालिका अनुसार नेपाल किसान महासङ्घको अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
सोमबार पदाधिकारी, क्षेत्रीय प्रदेशसभा र गाउँ नगर सभापति एवम् नेपाल किसान सङ्घका पदाधिकारी सदस्यको संयुक्त भेलालाई सम्बोधन गर्दै सभापति थेबेले यस्तो निर्देशन दिनुभएको हो ।
सभापति थेवेले किसान महासङ्घको सबै तहको अधिवेशन सम्पन्न गर्न सहयोगी भूमिका खेल्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
भेलामा नेपाली कांग्रेस झापाका उपसभापतिद्वय शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवद्वय कृष्ण हुमागाई र नवीन बिमली लगायतले बोल्नु भएको थियो ।