३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

अध्यादेशको विपक्षमा बहस गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय



काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएका अध्यादेशकाे विपक्षमा बहस गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले ल्याएका अध्यादेशको प्रक्रिया र नियत खोटपूर्ण रहेको पार्टीकी कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बताउनुभयो ।

अध्यादेशबारे गुण र दोषका आधारमा बहस गर्ने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टीको छ । दुईतिहाइ बहुमत भएको सरकारको असक्षमता देखिएको जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले यसको जिम्मेवारी दुई प्रमुख सत्ता साझेदार दलले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ००:००  ६ : ०४ बजे