१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

आदर्श सहकारीको अर्धवार्षिक समीक्षा



सतासीधाम-झापाको दुधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समीक्षा गरेको छ । समीक्षा अवधिमा संस्थाको अवस्था सन्तोषजनक रहेको व्यवस्थापक प्रकाश पोखरेलले बताउनुभयो ।

समीक्षा कार्यक्रमको अवसरमा सहकारीले दुईजना सदस्यका परिवारलाई बीमा रकम भुक्तानी गरेको छ । सवारी दुर्घटनामा मृत्यु भएका सदस्य जानुका बाँस्तोला र विष्णुमाया बिष्टका परिवारलाई बीमा रकम भुक्तानी गरिएको हो ।

बाँस्तोलाको परिवारलाई ३० हजार र बिष्ट परिवारलाई ५० हजार बीमा रकम प्रदान गरिएको व्यवस्थापक पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ००:००  ५ : ३२ बजे