१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

निजी क्षेत्रमार्फत ९० हजार टन गहुँ आयात गर्ने सरकारको तयारी



झापा-सरकारले भारतबाट ९० हजार टन गहुँ आयात गर्न निजी क्षेत्रलाई अपिल गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै सरकारले इच्छुक फर्म तथा कम्पनीबाट आवेदन मागेको हो ।

इच्छुक फर्म कम्पनीले सात दिनभित्र आवेदन दिइसक्नुपर्ने बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका अनुसार इच्छुक कम्पनी वा फर्मले न्यूनतम १०० टन र बढीमा १० हजार टनसम्म गहुँ आयात गर्न पाउनेछन् । त्यस्ता कम्पनीको चुक्ता पूँजी कम्तीमा एक करोड रुपैयाँ हुनुपर्नेछ ।

कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र आयात गरिसक्नुपर्ने जनाउँदै विभागले गुणस्तर मापदण्ड पालनामा सरोकारवालालाई सचेत पनि गराएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ००:००  ४ : ०१ बजे