झापा-सहकारीमा देखिएकाे समस्याको दीर्घकालीन समाधानका लागि सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ ।
ललितपुरको पुलचोकमा कार्यालय रहने गरी सरकारले सहकारी नियमन प्राधिकरण स्थापना गरेको हो । प्राधिकरणको सोमबार सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गर्नुभयो ।
मन्त्री अधिकारीका अनुसार स्थानीय तह, प्रदेश र सङ्घ सरकारले अपनत्व ग्रहण गर्ने गरी प्राधिकरणको गठन गरिएको हो ।
सहकारीमा देखिएका समस्या एक दुई वर्षभित्रै समाधान हुने गरी सरकारले काम गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता छ ।