१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

स्वास्थ्य बीमाको रकम बढाउने सरकारको तयारी



झापा-सरकारले स्वास्थ्य बीमाको रकम बढाउने तयारी गरेको छ । जनसाधारणको उपचारमा सहयोग गर्ने गरी सरकारले स्वास्थ्य बीमाको रकम बढाउन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको रकम पाँच लाख पुर्‍याउने तयारी भइरहेको बताउनुभयो ।

सरकारले अहिले एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ । यसलाई बढाउनुपर्छ भन्ने चौतर्फी माग छ ।

भक्तपुरमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले बिरामीको उपचारमा सहयोग गर्ने गरी बीमाको रकम बढाउन लागिएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले एकीकृत र एकद्वार प्रणालीबाट बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ००:००  ३ : २६ बजे