१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

बिर्तामोड महोत्सवमा एउटा टिकट किन्दा अर्को टिकट फ्री



झापा- बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्को टिकट फ्रि गरेको छ । अर्थात अब एक सय रुपैयाँको टिकट लिँदा दुई वटा टिकट पाइने भएको छ ।

महोत्सव आयोजक समितिले एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको छ ।

यो निर्णय माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिनेछ महोत्सव मूल आयोजक समितिका सदस्य विपीन बजगाईले बताउनु भयो ।

महोत्सवमा सहभागीलाई साँझ ५ वजेसम्मका लागि यो सुविधा प्रदान गरिएको हो । माघ ८ गतेदेखि जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हरेक दिन साँझ राष्ट्रिय कलाकारले सांगीतिक प्रस्तुति दिँदै आएका छन् ।

आदिवासी जनजाति महासंघको समन्वयमा दिनभर विभिन्न जात जातिको साँस्कृतिक कार्यक्रम समेत महोत्सवमा प्रस्तुत गरिँदै आएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार ००:००  ८ : ५३ बजे