१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

फागुन २४ देखि पाँचथर गोल्डकपको पाँचौं संस्करण



पाँचथर-पाँचथर गोल्डकपको पाँचौं संस्करण आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो ।

क्लबका अध्यक्ष कमल तुम्रोकले पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फागुन २४ देखि सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले ११ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उप विजेतालाई ५ लाख ५५ हजार ५५ पुरस्कार दिने अध्यक्ष तुम्रोकले बताउनुभयो ।

फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा नेपाल बाहिरका दुईवटा टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा १२८ जना खेलाडी र अफिसियलसहित २०० जना दर्शकको दुर्घटना बीमा पनि गरिने क्लबले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार ००:००  ९ : ०८ बजे