काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाँच वर्षसम्म सरकारमा नजाने बताउनु भएको छ । पार्टीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्सेनले प्रधानमन्त्री पाए पनि नखाने घोषणा गर्नुभयो ।
पार्टीभित्र चर्को आलोचना भएपछि अध्यक्ष लिङ्देनले प्रधानमन्त्री पद पाए पनि सरकारमा नजाने घोषणा गर्नु भएको हो । ‘यो पाँच वर्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदैन’, उहाँले भन्नुभयो, ‘यो भन्दा अरु धेरै के भन्नु पर्ने हो ।’
अध्यक्ष लिङ्देनले सरकारमा नजाने मात्रै होइन, प्रधानमन्त्री दिए पनि आफूले जान्न भनेको स्मरण गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा गठबन्धन बिना चुनाव जितेर देखाउने दाबी पनि गर्नुभयो । उहाँको दाबी झापा क्षेत्र नम्बर ३ मा केन्द्रित थियो ।