काठमाडौँ-मसी फेरिएको विषयमा विवाद भएपछि अखिल क्रान्तिकारीको मतगणना स्थगित भएको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।
उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना सुरु गर्नु अघि मसी फेरिएको विषयले विवादको रूप लिएको हो ।
मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर, कालो मसीले पनि मतदान गरेको भेटिएपछि मतगणना स्थगित भएको जनाइएको छ ।
अब विश्वविद्यालय र विशेष प्रदेशको मतगणना गर्न बाँकी छ । मतगणनामा अध्यक्षका उम्मेदवार विजय प्रकाश सापकोटाले अग्रता कायम गरिरहेका छन् ।