१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

केवलकारको विरोध गर्ने समूहमाथि प्रहरीले ताप्लेजुङमा चलायो गोली



ताप्लेजुङ-ताप्लेजुङमा पाथिभरा केवलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले गोली चलाएको छ । शनिबार साँझ भएको घटनामा चारजना प्रदर्शनकारी घाइते भएका छन् ।

झडपमा तीनजना प्रहरी घाइते भएको जनाइएको छ । गोली लागेका तीन जनाको अवस्था गम्भीर छ । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि उनीहरूलाई विराटनगर लगिएको छ ।

शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलु डाँडामा आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीसँगको झडपमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्ग र मङ्गल लावती घाइते भएका छन् । घाइतेलाई नोबेल मेडिकल कलेज विराटनगर पठाइएको ताप्लेजुङका डीएसपी रवि रावलले बताउनुभयो ।

डीएसपी रावलका अनुसार नेपाल प्रहरीतर्फ १२ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गुलेली र ढुङ्गा प्रहार भएपछि सुरक्षाकर्मीले गोली चलाएको बताउनुभयो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार ००:००  ९ : १५ बजे