१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

पाथिभरामा केवलकार बनाउने विषयमा झडप



ताप्लेजुङ-पाथिभरामा केवलकार बनाउने विषयमा विवाद हुँदा तीनजना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले भने प्रहरीले गोली चलाएको बताए ।

केवलकार निर्माण सुरु भएको तीन दिनपछि प्रहरी र केवलकार खारेजी समूहबीच झडप भएको हाे । झडपमा नेपाल र सशस्त्र प्रहरीका तीनजना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले झडपका क्रममा सशस्त्र प्रहरीले ५ सेल अश्रु ग्यास र दुई ग्रीनेड ग्यास प्रहार गरेको बताउनुभयो ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार प्रहरी जवान अनुज बिक, प्रहरी सहायक निरीक्षक रामदेव यादव र सशस्त्र प्रहरी जवान सञ्जीव बस्नेत घाइते भएका हुन् ।

आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले दमन गरेको पहिचानवादी समूहले जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा गोली चलाएको आन्दोलनकारी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले आफूलाई ज्यान मार्ने धम्की समेत आएको बताउनुभयो । ‌

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार ००:००  ८ : ४७ बजे