१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

पत्रकार राजवंशीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासङ्घको माग



बिर्तामोड-नेपाल पत्रकार महासङ्घ झापाले गौरीगञ्ज दर्पण डट कमका प्रधान सम्पादक मदन राजवंशीमाथि भएको आक्रमणको घटनाप्रति खेद व्यक्त गरेको छ ।

महासङ्घ झापाले विज्ञप्ति जारी गरी पत्रकार राजवंशीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न र कानुनअनुसार कारबाही गर्न माग गरेको हो ।

महासंघ झापाका सचिव राजु पाठकले पत्रकारलाई धम्क्याउँदै भौतिक आक्रमणको प्रयास गर्ने तथा हतोत्साहित बनाउने जस्ता प्रेस स्वतन्त्रता विरोधी हर्कत नगर्न चेतावनी दिनुभयो ।

माघ १० गते राति गौरीगञ्जमा जारी आदिवासी जनजाति महोत्सवको प्रत्यक्ष प्रसारण गरी घर फर्कने क्रममा एकराज चौलागाईं सन्तोष कार्की लगायतको समूहले सहकारीको समाचार लेखेको जनाउँदै पत्रकार राजवंशीमाथि आक्रमण गरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार ००:००  ८ : २४ बजे