१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

वीरता लेडी जेसीजद्वारा जग्गादाताको परिवार र संस्थापक अध्यक्षलाई सम्मान



बिर्तामोड-वीरता लेडी जेसीजले जग्गादाताको परिवारलाई सम्मान गरेको छ । २१ औँ स्थापना दिवसको अवसर पारेर बिहीबार जग्गादाता स्वर्गीय परशुराम ढकालको परिवारलाई लेडी जेसीजले सम्मान गरेको हो ।

संविधानसभाका सदस्य सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच ढकाल परिवारका सदस्यलाई सम्मान गरिएको छ ।

जग्गादाता ढकाल परिवारको तर्फबाट साबित्रा ढकाल, शिला ढकाल, लक्ष्मण ढकाल, दुर्गादेवी ढकाल, सुरेश ढकाल, तारा ढकाल लगायतले सम्मान ग्रहण गर्नुभएको छ।

ढकाल परिवारको उदार सहयोगका कारण सचिवालय भवन निर्माणका लागि जग्गा प्राप्त भएको र लेडी जेसीज अहिलेको अवस्थामा आइपुगेको सन् २०२५ की अध्यक्ष निशा शाक्यले बताउनुभयो ।

लेडी जेसीजले संस्थापक अध्यक्ष शारदा ढकाललाई समेत सम्मान गरेको छ । ढकालको नेतृत्वमा सन् २००४ मा वीरता लेडी जेसीज स्थापना भएको थियो ।

संस्था स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै महिला सशक्तिकरणका लागि संस्थापक अध्यक्ष ढकालले उल्लेखनीय योगदान गरेको निवर्तमान अध्यक्ष मेनुका ओलीले बताउनु भयाे ।

स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत सम्मान गरिएको छ । पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्वागत सम्मान ग्रहण गर्नुभयो ।

अध्यक्ष गिरीलाई प्रमुख अतिथि शिवाकोटीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । लेडी जेसीजकी उपाध्यक्ष एलिना रिजालको संयोजकत्वमा स्थापना दिवस मनाइएको हो ।

पूर्व अध्यक्ष संगीता गिरीका अनुसार कार्यक्रममा मीना घिमिरेलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । कार्यक्रममा लीला मैनालीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, नेपाल पत्रकार महासंघका अध्यक्ष गिरी, जग्गादाताको तर्फबाट लक्ष्मण ढकाल, न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर विनोद बस्नेत, संस्थापक अध्यक्ष ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कानूनी सल्लाहकार अस्मिता राईले जेसीआई मिसन भिजन वाचन र जनसम्पर्क अधिकारी पारू श्रेष्ठले आस्था वाचन गरेकाे कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायमाझीले गर्नु भएको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार ००:००  ९ : २५ बजे