झापा– पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको ६ महिनामा करिब ३ अर्ब रुपैयाँ बराबरको तयारी चिया निर्यात भएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार साउनदेखि पुससम्म ११ हजार २३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले छ महिनामा २ अर्ब ९५ करोड ९० लाख रुपैयाँ बराबरको चिया निर्यात भएको बताउनुभयो ।
यस वर्ष भारतमा चिया उत्पादनमा कमी आएको छ । भारतीय उत्पादन घटेपछि नेपाली चियाको माग बढेको हो । छ महिनाको अवधिमा ५५.७० प्रतिशतले चियाको निकासी बढेको छ ।