विराटनगर-सत्तारुढ दल नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीभित्र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे छलफल नभएको बताउनुभएको छ ।
बुधबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले नेपालजस्तो देशमा संसदीय व्यवस्था नै उत्तम हुने बताउनुभयो ।