१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

पाथिभरा मन्दिरमा केवलकारको निर्माण कार्य सुरु



झापा- ताप्लेजुङको प्रसिद्ध पाथिभरा मन्दिरमा केवलकारको निर्माण कार्य सुरु भएको छ । पाथिभरा मन्दिरसम्म पुग्ने पाथिभरा देवी मुकुम्लुङ दर्शन केवलकार परियोजनाको निर्माण कार्य मङ्गलबारदेखि सुरु भएको हो ।

हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबुलकार निर्माण सुरु भएको जानकारी दिनुभयो । कम्पनी सञ्चालक रुद्र पौडेलका अनुसार केबलकार निर्माण भएपछि ताप्लेजुङको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।

पौडेलका अनुसार आगामी १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवी दर्शन गर्न सकिनेछ । केबलकार सञ्चालनमा आएपछि पाथीभरामा आउने पर्यटकको संख्या वार्षिक १० लाखसम्म पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार ००:००  ९ : ०२ बजे