झापा- सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा उनलाई रुपन्देही लागिएको हो । आफू निकटका कानून व्यवसायी र नेता कार्यकर्तासहित पूर्व गृहमन्त्री समेत रहेका लामिछाने मङ्गलबार रूपन्देही पुगिसकेका छन् ।
लामिछानले आज अदालतमा बयान दिनेछन् । सहकारी संस्थाको रकम अपचलन गरेको जनाउँदै यसअघि कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख र काठमाडौँ जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गरेको थियो ।














