झापा– नेकपा एमालेले वडामा तीन महिने अभियान सञ्चालन गर्ने भएको छ । नेकपा एमालेको मङ्गलबार साँझ बसेको सचिवालय बैठकले यस्तो निर्णय भएको हो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार माघ, फागुन र चैत महिनाभर पार्टीले वडा केन्द्रित अभियान सञ्चालन गर्नेछ । वडा केन्द्रित अभियानमा एमालेको सम्पूर्ण शक्ति परिचालन हुनेछ ।
सबै संयन्त्रको परिचालनका लागि जिल्ला र प्रदेश कमिटीले योजना बनाउने महासचिव पोखरेलले बताउनुभयो।