१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

उदासीलाई विशेष प्रतिभा पुरस्कार दिने निर्णय



बिर्तामोड-जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले साहित्यकार लीला उदासीलाई विशेष प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

झापाको बिर्तामोड १ का स्थायी बासिन्दा उदासी वरिष्ठ अधिवक्ता हुन् । उनी लामो समयदेखि वकालती पेशामा छन् । कवि तथा साहित्यकारका रूपमा समेत उदासीको परिचय स्थापित छ ।

बैठकले भारत कालेपोङका राजेन्द्र भण्डारीलाई पनि पुरस्कृत गर्ने निर्णय गरेको छ । भण्डारीको कृति सृजन सन्दर्भलाई पुरस्कृत गर्न लागिएको हो ।

कोषले पत्रकार स्वस्तिका आचार्यलाई धनमाया महिला पत्रकारिता वर्ष पुरस्कार दिने निर्णय गरेको छ । अर्जुनधाराका खेम रेग्मीले अपाङ्गता प्रोत्साहन पुरस्कार पाउने भएका छन् ।

अध्यक्ष प्रसाईले वर्ष उत्कृष्ट कृति, विशेष प्रतिभा पुरस्कार र पत्रकारिता पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको बताउनुभयो । कोषले फागुन ७ गते विशेष कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गर्नेछ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार ००:००  ९ : २७ बजे