झापा- बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिर्तामोड अन्तर्राष्ट्रिय आद्योगिक व्यापार महोत्सव आजदेखि सुरु हुँदैछ । व्यवसायिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।
कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मगलवार दिउँसो महोत्सवको उद्घाटन गर्नु हुनेछ । महोत्सवमा १४० स्टल राखिएका छन् । महोत्सव उद्घाटन अघि संघको कार्यालयबाट निस्किने जातजातिको झाँकीले नगरपरिक्रमा गर्नेछ ।
संघका अध्यक्ष राजु न्यौपानेले नेपाल, भारत, भुटान, बंगलादेश र पाकिस्तानका व्यवसायिक उत्पादन महोत्सवमा उपलब्ध हुने बताउनु भयो ।














