१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

बिमलीको अध्यक्षतामा हल्दीबारी बाह्रदशी प्रेस क्लव गठन



बिर्तामोड– झापाका दुई पालिकाका सक्रिय पत्रकारको भेलाले हल्दिबारी-बाह्रदशी प्रेस क्लव गठन गरिएको छ । अग्रज पत्रकार नेत्रविक्रम बिमलीको अध्यक्षतामा क्लव गठन गरिएको हो ।

बिमली यसअघि हल्दीबारी प्रेस क्लवकाे अध्यक्ष हुनुहुन्थ्यो । दुईवटा पालिकाको संयुक्त क्लव गठन भएपछि हल्दीबारी प्रेस क्लव विघटन गरिएको छ ।

भेलाले दुबै पालिकाका पत्रकारहरुको छाता संगठन हल्दिबारी-बाह्रदशी प्रेस क्लव गठन गरिएको क्लवका महासचिव हैकम घिसिङले जानकारी दिनुभयो ।

नव गठित क्लबको कार्यसमिति यसप्रकार रहेको छ ।

अध्यक्ष : नेत्र बिक्रम बिमली हल्दिबारी, उपाध्यक्ष : अभिषेख धमला ( प्रीतम ) बाह्रदशी महासचिव : हैकम घिसिङ हल्दिबारी, सचिव : मनोज तिवारी ( दर्पण) बाह्रदशी कोषाध्यक्ष : शान्ता उप्रेती हल्दिबारी ।

त्यसैगरी सदस्यहरु जनक राजवंशी, टीकाराम बाँस्तोला हल्दिबारी, राजेश आचार्य र असफाक आलम बाह्रदशीबाट रहेका छन् ।

त्यसैगरी सल्लाहकार समितिमा लेखनाथ शिवाकोटी (परदेशी), सुरेन्द्र भण्डारी र याम दंगाल रहेका छन् । त्यस्तै लेखा समितिमा अभिषेक खतिवडा, जनक राउत र हेमन्त मैनालीलाई चयन गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ००:००  ९ : ०५ बजे