झापा-सरकारले माघ १८ गते संसदको हिउँदै अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । विपक्षी दलले तत्काल संसद बैठक राख्न माग गरिरहेका थिए ।
मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान सम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ । संसद अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।