१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

बिर्तामोड औद्योगिक व्यापार महोत्सवमा दुईथरि टिकट दर



बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा दुईथरि टिकट दर लागू गर्ने निर्णय सार्वजनिक गरेको छ ।

महोत्सवको अन्तिम तयारी तथा व्यवस्थापनका विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले दुईथरि टिकट दर राखिएको जनाएको हो ।

संघका अध्यक्ष राजु न्यौपानेले दिउँसो ३ बजेसम्म प्रतिव्यक्ति १०० रुपैयाँ र ३ बजेपछि प्रतिव्यक्ति २०० रुपैयाँका दरले टिकट दर निर्धारण गरिएको बताउनुभयो ।

महोत्सवको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवमा १४० स्थल रहने महासचिव कुशल खतिवडाले बताउनुभयो ।

विद्यालय पोशाकमा आएका विद्यार्थीले शिक्षकको रोहबरमा महोत्सवभित्र निःशुल्क प्रवेश पाउनेछन् । जेष्ठ र अपाङ्गता भएका नागरिकलाई पनि परिचयपत्रका आधारमा निःशुल्क प्रवेश दिइनेछ ।

महोत्सवमा नेपालबाहेक भारत, भुटान, बङ्गलादेश र पाकिस्तानका उत्पादन समेटिएको छ । महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको उपाध्यक्ष गोमा भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ००:००  ८ : ४० बजे