२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

बुधबारेमा दुर्घटना हुँदा महिलाको मृत्यु



बुधबारे-मेची राजमार्गको बुद्धशान्ति ४ हापेन चोकमा सोमबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

चारआलीबाट इलामतर्फ आउँदै गरेको प्र १-०१-००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र प्र १-०१-००२ ह ३६३ नम्बरको अटो आ अटो आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा फोटोमा सवार २७ वर्षीया अमृता तामाङको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरूको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । घटनापछि अटोचालक सहित बोलेरो गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ००:००  २ : ३७ बजे