झापा-नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने सरकारी नीति स्वागत योग्य रहेको प्रतिक्रिया दिएको छ ।
सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१ पारित भएको जनाउँदै महासंघले यसको स्वागत गरेको हो ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष ढकालले निर्देशिका कार्यान्वयनका लागि जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तथा आफ्ना सम्पूर्ण सदस्यलाई सहयोगका लागि अनुरोध गर्नुभएको छ ।
सरकारको यो निर्णयबाट स्वदेशी उत्पादन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ढकालले यसका लागि आफ्ना सदस्यलाई आग्रह गरिने बताउनुभयो ।