२ असार २०८२, सोमबार | Tue Jun 17 2025

कमजोर भएर पार्टी एकताको प्रस्ताव राखेको होइन : अध्यक्ष थापा



झापा-राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिमा आफू कमजोर भएर पार्टी एकताको प्रस्ताव नराखेको बताउनुभएको छ ।

सोमबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष थापाले पार्टी चलाउनै नसकेर एकताको प्रस्ताव नराखेको स्पष्टीकरण दिनुभएको हो ।

राजसंस्था र हिन्दू राष्ट्र स्थापना गर्ने सर्वाधिक अनुकूल परिस्थिति भएका कारण अहिले आफूले एकताको प्रस्ताव राखेको अध्यक्ष थापाले तर्क गर्नुभयो ।

सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिन सके यो व्यवस्था परिवर्तन ल्याउन सकिनेमा राप्रपा अध्यक्ष थापाको जोड छ ।

अध्यक्ष थापाले भन्नुभएको छ, ‘राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिउँ भनेर हो । यो समय फेरि नआउन सक्छ ।’

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ००:००  ८ : ०३ बजे