१ असार २०८२, आइतबार | Sun Jun 15 2025

सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक महिनामा तीन जनाको मृत्यु



झापा- मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक महिनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरे, सुन्दरहरैँचा ५ की चन्द्रकुमारी लिम्बू र सुन्दरहरैँचा नगरपालिका ७ की गङ्गा श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान हात्तीले आक्रमण गर्दा घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । पुस १७ गते जंगलबाट दाउरा लिएर आउँदै गर्दा ६१ वर्षीया लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

सुन्दरहरैँचा–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईले हात्तीले अन्नबाली र घरहरुमा क्षति गरिरहेको बताउनु भयो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार ००:००  १ : ३८ बजे