बिर्तामोड-वीरता लेडी जेसीजले आफ्ना सदस्यको नेतृत्व तथा क्षमता विकासका लागि शनिबार ‘प्रि इन्डक्सन एण्ड लाेम अफिसर्स ट्रेनिङ’ आयोजना गरेको छ ।
सन् २०२५ काे नेतृत्वले आफ्नै सचिवालयमा ट्रेनिङ आयोजना गरेको हो । यसअघि नयाँ नेतृत्वले झण्डोतोलन गरी आफ्नो कार्यक्रम सुरु गरेको थियो ।
पदाधिकारी तथा सदस्यको सीप तथा क्षमताको विकासका लागि तालिम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२५ की अध्यक्ष निशा शाक्यले बताउनुभयो ।
वीरता लेडी जेसीजकाे मातृशाखा वीरता जेसीज सन् २००३ का अध्यक्ष शिवकुमार अग्रवालकाे प्रमुख आतिथ्यमा तालिम आयोजना गरिएको हो ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत रहनु भएका अग्रवालले आफ्नो क्षमता विकास गरी एउटा सशक्त नागरिकका रुपमा आफूलाई उभ्याउन जेसीज सदस्यलाई आग्रह गर्नुभयो ।
वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष एवम् एमटट ग्राजुएट जेसी मेनुका ओलीले सहभागीहरूलाई तालिम दिनुभएको हो । निवर्तमान अध्यक्ष ओलीको प्रमुख प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको अध्यक्ष शाक्यले बताउनुभयो ।
नेपाल उद्यमशील महिला सङ्घ झापाका अध्यक्ष पार्वता बिमलीकाे विशेष आतिथ्य रहेको कार्यक्रममा पूर्व अध्यक्ष संगीता गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
महासचिव प्रभा रायमाझीका अनुसार वीरता लेडी जेसीजकी कोषाध्यक्ष कविता ओलीकाे संयोजकत्वमा भएको तालिममा सह-सचिव दीक्षा कडरियाले आस्था र जनसम्पर्क अधिकारी पारु श्रेष्ठले मिसन भिजन वाचन गर्नुभएको थियो ।