२ असार २०८२, सोमबार | Tue Jun 17 2025

गिटी बालुवाको तस्करी रोक्न मेचीनगर नगरपालिकाको निर्देशन



मेचीनगर-विभिन्न खोला तथा नदीबाट ढुंगा, गिटी र बालुवाको चोरी तस्करी बढेपछि त्यसलाई अविलम्ब रोक्न मेचीनगर नगरपालिकाले निर्देशन जारी गरेको छ ।

मेची, हडिया, निन्दा र टिमाई नदी तथा खोलाबाट गैरकानूनी रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको जनाउँदै मेचीनगरले त्यसलाई तुरुन्त रोक्न निर्देशन जारी गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गैरकानुनी उत्खनन नरोकिए कानुन बमोजिम कारबाही गर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सरोकारवाला निकायलाई पत्र समेत लेखेर नदीजन्य पदार्थको उत्खनन रोक्ने कार्यमा सघाउन अपिल पनि गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय झापासहित स्थानीय प्रहरी प्रशासनलाई समेत घटनाको वस्तुस्थिति अवगत गराउँदै नगरपालिकाले आवश्यक कानूनी प्रक्रियामा सहयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार ००:००  ८ : ३९ बजे