काठमाडौँ-सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार प्रहरी हिरासतमा लगिएको छ ।
काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग गरेको आरोपमा प्रहरीले लामिछाने विरुद्ध मुद्दा अगाडि बढाएको थियो ।
आइतबार थुनछेकको बहस नसकिएकाले लामिछानेलाई प्रहरी हिरासतमा लगिएको हो । उनलाई भद्रकाली स्थित प्रहरी परिसरको हिरासतमा राखिएको जनाइएको छ ।