१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स



झापा-चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स बढेको छ । ४ दशमलव ४ प्रतिशतले रेमिट्यान्स बढेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार ६ खर्ब ४० अर्ब ४३ करोड रेमिटेन्स भित्रिएको छ । रोजगारीका लागि जाने नेपालीको संख्या थपिँदै जाँदा रेमिट्यान्स पनि बढ्दै गएको हो ।

चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ९० हजार ३८४ छ । पुन श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  ८ : ५० बजे